दफा २४
धितो लिने व्यक्तिको कब्जामा रहेको धितोको सम्पत्ति
(१) धितो लिने व्यक्तिले आफ्नो जिम्मा र संरक्षणमा रहेको धितोको सम्पत्तिउपर मनासिब रेखदेख पु¥याउनु पर्नेछ । (२) धितोको सम्पत्ति धितो लिने व्यक्तिको जिम्मामा रहेको अवस्थामा अन्यथा सहमति भएकोमा बाहेक देहायका कुरामा देहायबमोजिम हुनेछः– (क) धितोको सम्पत्तिको बीमाबापतको खर्च र सो सम्पत्तिसँग सम्बन्धित कर वा शुल्क लगायत मनासिब माफिकको खर्चको भुक्तानी गर्ने दायित्व धितो दिने व्यक्तिको हुने र त्यस्तो खर्चहरु उल्लिखित धितोको सम्पत्तिबाट असूलउपर गर्नु पर्ने, (ख) कुनै दुर्घटनाबाट धितोको सम्पत्तिमा हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीबापत बीमा रकमले नखामेको हदसम्मको जोखिम धितो दिने व्यक्तिले व्यहोर्नु पर्ने, र (ग) धितोको सम्पत्तिबाट प्राप्त रकमबाहेकको कुनै पनि वृद्धिलाई धितो लिने व्यक्तिले अतिरिक्त सुरक्षणको रुपमा राख्नु पर्ने र धितो दिने व्यक्तिलाई रकम शोधभर्र्ना गरिएकोमा बाहेक निजले सुरक्षित दायित्व कम गराउन त्यस्तो रकम उपयोग गर्न सक्ने ।