दफा ३१
धितोको सम्पत्ति पट्टामा लिने व्यक्ति
(१) धितोको हकको जानकारीबिना त्यस्तो धितोको हक परिपक्व हुनुअगावै कुनै मालसामान पट्टामा लिने कुनै व्यक्तिले सो मालसामान पट्टामा लिएकोमा त्यस्तो मालसामानमा रहेको धितोको हकले निजको सो मालसामानमा रहेको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
(२) नियमित व्यावसायिक कारोबारको सिलसिलामा मालसामान पट्टामा लिने व्यक्तिलाई त्यस्तो मालसामानउपरको धितोको हक परिपक्व भएको र धितोको हकको जानकारी भए तापनि त्यस्तो मलासामानमा रहेको धितोको हकले निजको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
(३) क्रमसंख्या अङ्कित सवारी साधन पट्टामा लिने व्यक्तिले सो सवारी साधनमा रहेको धितोको हकको जानकारीबिना वा दर्ता गरिएको सूचनामा सोको क्रमसंख्या विवरण उल्लेख नगरेको वा त्यस्तो विवरण गलत ढङ्गले उल्लेख गरेको भएमा त्यस्तो क्रमसंख्या अङ्कित सवारी साधनमा रहेको धितोको हकले निजको पट्टाको हकमा कुनै असर पार्ने छैन ।