दफा २२
धितोको सम्पत्तिको विवरण
कुनै धितोको सम्पत्तिको विवरणले जुन कुराको विवरण दिन खोजेको हो सो को मनासिब रुपले पहिचान हुने गरी विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिनेछ । क्रमसंख्या अङ्कित सवारी साधनको हकमा यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोको सम्पत्तिको विवरण साधारण ढङ्गले पनि व्यक्त गर्न सकिनेछ । स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि “साधारण ढङ्गले” भन्नाले धितो दिने व्यक्तिले उपभोग गर्ने उपभोग्य वस्तु बाहेक धितो दिने व्यक्तिको सबै जायजेथा वा सबै चलसम्पत्ति जस्ता शब्दावली उल्लेख गरी दिएको विवरण सम्झनु पर्छ ।