दफा १२
धितोपत्र कारोबार गर्नमा बन्देज
(१) बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन, हस्तान्तरण गर्न वा लेनदेन गर्न हुँदैन । तर बोनस शेयर, हकप्रद शेयर, कर्मचारीलाई छुट्याइएको शेयर वा नयाँ शेयर जारी हुँदा वा राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा वा कुनै सञ्चालक वा सञ्चालक नियुक्त गर्ने अधिकार पाएको संगठित संस्थाले कुनै बैंक वा वित्तीय संस्थामा आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्री गर्दा वा परिच्छेद–१० बमोजिम बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्दा गाभिँदा वा एउटा बैंक वा वित्तीय संस्थाले अर्काे बैंक वा वित्तीय संस्था प्राप्ति गर्दा वा बैंक वा वित्तीय संस्थाको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भएमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक सञ्चालक वा सञ्चालकबीच एक आपसमा धितोपत्र खरिद बिक्री गर्न वा समस्याग्रस्त बैंकको सुधारात्मक वा फरफारखको प्रक्रियामा हुने शेयरको खरिद बिक्री वा हस्तान्तरण गर्ने गराउने कामकारबाहीलाई यो उपदफाले बाधा पु¥याएको मानिने छैन । (२) कसैले उपदफा (१) को विपरीत कुनै काम गरेमा त्यस्तो धितोपत्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले जफत गरी राष्ट्र बैंकले तोके बमोजिम बिक्री वितरण गर्नु पर्नेछ ।