दफा ३२
धितोपत्र कारोबार गर्ने
: (१) कुनै पब्लिक कम्पनीले आफ्नो धितोपत्र सर्वसाधारणलाई निष्काशन
गर्दा त्यस्तो धितोपत्र बिक्री, बाँडफाँड, रकम असुली जस्ता सबै कार्यका लागि कारोबार गर्न
मान्यताप्राप्त धितोपत्र व्यवसायी मार्फ त मात्र कारोबार गर्नु पर्नेछ ।
(२) पब्लिक कम्पनीले कुनै संस्थामार्फ त धितोपत्र कारोबार गर्ने सम्बन्धमा गरेको
सम्झौताको एक प्रति त्यस्तो सम्झौता भएको मितिले सात दिनभित्र कार्यालयमा दिनु पर्नेछ ।