दफा २३
धितोसम्बन्धी सम्झौताको प्रभावकारिता
(१) धितोसम्बन्धी सम्झौता अभिलेखको रुपमा रहनेछ । धितोसम्बन्धी सम्झौता एक वा एकभन्दा बढी अभिलेखको रुपमा राख्न सकिनेछ । (२) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोसम्बन्धी सम्झौताका शर्तहरुअनुरुप सो सम्झौताका पक्षहरु, धितोको सम्पत्ति प्राप्तकर्ता, साहू तथा लियन होल्डरसमेतका हकमा लागू हुनेछ । (३) धितोसम्बन्धी सम्झौता एक वा एकभन्दा बढी धितोको हकसँग सम्बन्धित हुन सक्नेछ ।