दफा ६२
नक्कल उपलब्ध गराउने कार्यविधि
(१) नक्कलको निवेदनको लागि दश रुपैयाँ दस्तुर लाग्नेछ।
(२) लिखतको नक्कल उपलब्ध गराउँदा फुलस्केप आकारको प्रत्येक पृष्ठको पाँच रुपैयाँका दरले दस्तुर लाग्नेछ।
(३) नक्कल उपलब्ध गराउँदा तोकिएको अधिकृतले सक्कलसँग रुजु गरी लाग्ने दस्तुर दाखिल गराई पहिलो पृष्ठको शीरमा पूरा नामको दस्तखत र बाँकी सबै पृष्ठमा संक्षिप्त दस्तखत गरी अदालतको छाप लगाई दिनु पर्नेछ।
(४) नक्कल सारी सकेपछि निवेदनपत्रको निर्धारित ठाउँमा दस्तुर दाखिला भएको मिति र रकम उल्लेख गरी सम्बन्धित कर्मचारीले प्रमाणित गरी पक्षलाई प्रतिलिपि बुझी लिएको बेहोराको सहिछाप गराउनु पर्नेछ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कार्यालय वा निकायले सरकारी कामको लागि मिसिल वा कागजपत्रको नक्कल लिँदा कुनै दस्तुर लाग्ने छैन।