नियम १८
नक्कल दस्तुर लिने र नक्कल दिने
नक्कल लिने आदेश भएपछि नक्कल सार्न दिने कर्तव्य भएको कर्मचारीले सोही दिन सम्बन्धित मिसिल कागजपत्र खोजी नक्कल सार्न उपलब्ध गराउनुपर्छ । सो मिसिल कागजात न्यायाधिकरणमा पेश भई रहेको वा सोही दिन पेसी हुने भई राखेको भए पेसी भई सकेपछि तुरुन्त उपलब्ध गराउनु पर्छ ।
(२) निवेदकले नक्कल सारी सराई सकेपछि सक्कलसँग रुजु गरी नक्कल सार्न दिने कर्मचारीले नक्कलको पीठमा रुजु जनाई सही गर्नु पर्छ र प्रचलित नेपाल कानूनले लाग्ने नक्कल दस्तुर बुझी सोसम्बन्धी आम्दानी दर्ता किताबमा आम्दानी बाँधी नक्कलकाे लागि दिईएको निवेदनपत्रमा पनि असुल भएको अङ्क मिति र दर्ता नम्बर खुलाई सही गर्नु पर्छ र दस्तुर बुझेको निस्सा दिई नक्कल दिनलाई स्रेस्तेदार वा यस सम्बन्धमा निजले तोकेको कर्मचारी छेउ पेश गर्नु पर्छ ।
(३) स्रेस्तेदारले सबै कुरा मिलेको देखे सही गरी न्यायाधिकरणको छाप लगाई नक्कल दिनु पर्छ र नक्कल पाउनेबाट सो पाएको निस्सा नक्कल पाउन दिएको निवेदनमा गराउनु पर्छ ।
(४) यस नियमको उपनियम (२) र (३) मा जेसुकै लेखिएको भए तापनि न्यायाधिकरणको फैसला र अन्तिम आदेशको नक्कल स्रेस्तेदारको सहीबाट दिनु पर्छ ।