नियम १७
नक्कल लिन पाउने
(१) न्यायाधिकरणमा भएको मुद्दा मामिलाको मिसिलको जुनसुकै कागजको नक्कल सम्बन्धित पक्ष, वारिस जोसुकैले र न्यायाधिकरणको फैसला अन्तिम आदेशको नक्कल कुनै कानून व्यवसायीले प्रचलित नेपाल कानूनबमोजिम दस्तुर तिरी लिन पाउनेछ ।
(२) नक्कल लिन चाहनेले नक्कल लिन चाहेमा कागजहरुको स्पष्ट उल्लेख गरी निवेदन गर्नुपर्छ र लिन पाउने आदेश भएको ७ दिनभित्र आफ्नो तर्फबाट सार्न लगाई लिनु पर्छ ।