नियम २०
नक्कल लिने दिने
(१) आयोगमा परेको उजुरीको विषयसँग सम्बन्धित कागजातको नक्कल लिन चाहने सरोकारवाला पक्षले अनुसूची-७ बमोजिमको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन परेकोमा सम्बन्धित अधिकृतले मिसिल संलग्न कागजातको प्रतिलिपि प्रमाणित गरी नक्कल उपलब्ध गराउनु पर्नेछ।