दफा २७
नगद धरौटी सदरस्याहा गर्ने
नियम २५ बमोजिम पैठारी भएको कच्चापदार्थबाट उत्पादित वस्तु सोही नियम बमोजिम निकासी नगरेमा वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री नगरेमा वा नियम २६ बमोजिम निवेदन नदिएमा त्यस्तो वस्तुको स्थानीय बिक्री मानी स्थानीय बिक्री गरे जतिको हकमा ऐनको दफा १५ को उपदफा (३) बमोजिम लाग्ने महसुल धरौटी रहेको रकमबाट सदरस्याहा गरी लाग्ने भन्सार महसुलको पन्ध्र प्रतिशत थप रकम समेत पेठारीकर्ताबाट असुल गरिनेछ ।