नियम ७
नमूना सङ्कलन, परीक्षण तथा निगरानी
(१) कार्यालय प्रमुखले बर्ड फ्लू लाग्न नदिनको लागि- नियमित रूपमा जाँच तथा निगरानी गर्नु पर्नेछ। (२) कुनै क्षेत्र वा स्थानमा पन्छीमा बर्ड फ्लू लागेको वा बर्ड फ्लूबाट पन्छीको मृत्यु भएको शङ्का लागेमा वा बर्ड फ्लू देखा परेको कुनै माध्यमबाट जानकारी प्राप्त भएमा कार्यालयको प्रमुखले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी देहाय बमोजिम गर्न सक्नेछः-
(क) कुनै पन्छीको बासस्थान, पन्छी फार्म, ह्याचरी, बजार, खोर, सिमसार क्षेत्र वा अन्य स्थानमा कुनै चराचुरुङ्गीको नमूना सङ्कलन .गर्ने, र
(ख) बर्ड फ्लू लागेको सम्भावना देखिएमा सङ्कलित नमूनाको परीक्षण _ प्रतिवेदन प्राप्त नभएसम्म त्यस्तो क्षेत्रबाट वा त्यस्तो क्षेत्र भएर कुनै पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा सोसँग सम्बन्धित अन्य कुराको उपभोग, बिक्री वितरण, प्रयोग तथा ओसार पसारमा:रोक लगाउने ।
(३) उपनियम (२) बमोजिम सङ्कलन गरिएको नमूना परीक्षणको लागि नजिकको प्रयोगशालामा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त नमूनाको प्रयोगशालामा -प्रारम्भिक परीक्षण गर्दा बर्ड फ्लू भएको सम्भावना देखिएमा त्यस्तो नमूनाको तुरून्त थप परीक्षण गरी त्यसको जानकारी कार्यालयले छिटो सञ्चार माध्यमद्वारा प्रदेशको पशुपन्छी तथा मत्स्य,विकास निर्देशनालय र विभागलाई दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको थप परीक्षणबाट बर्ड फ्लू लागेको पुष्टि भएमा कार्यालयले त्यसरी प्राप्त परीक्षणको नतिजा सहितको प्रतिवेदन यथाशीघ्र तयार गरी छिटो सञ्चार माध्यमद्वारा विभागमा पठाउनु पर्नेछ ।