नियम २२
नयाँ अनुमतिपत्र लिनु पर्ने
(१) ऐन प्रारम्भ हुनु अगावै विद्युतको उत्पादन, प्रसारण वा वितरण गरिरहेको व्यक्ति वा सङ्गठित संस्थाले पनि नियम १२, १३ वा १४ मा उल्लेखित
विवरणहरु खुलाई ऐनको दफा ४ को उपदफा (३) बमोजिम महानिर्देशक समक्ष अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको दरखास्त उपर महानिर्देशकले आवश्यक जाँचबुझ गरी गराई दरखास्तवालालाई अनुसूची–१० बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।