दफा ७३
नसिहत दिने वा बढीमा दुई तलबवृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने
देहायको कुनै अवस्थामा कर्मचारीलाई नसिहत दिने वा बढीमा दुई तलबवृद्धि रोक्का गर्ने वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने सजाय गर्न सकिनेछः–
(क) एकभन्दा बढी पटक अनुशासनहीन काम गरेमा,
(ख) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियममा उल्लिखित आचरण सम्बन्धी कुराहरू उल्लंघन गरेमा,
(ग) प्रचलित कानुन बमोजिम बरबुझारथ नगरेमा,
(घ) दफा ६८ बमोजिम एक वर्षमा दुईपटकसम्म लिखित चेतावनी पाएमा,
(ङ) प्रचलित कानुन बमोजिम पेश्की फछ्र्यौट नगरेमा,
(च) सेवाग्राहीको पीरमर्का र उजुरी पटक–पटक बेवास्ता गरेको सम्बन्धमा आफूभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा,
(छ) कार्य विवरण लागू गर्ने गराउने दायित्व भएको पदाधिकारीले सो कार्य नगरेमा ।