नियम २४क
नागरिक एपको प्रयोग गर्नेः
(१) ऐनको दफा ३७क. बमोजिम नागरिक एपको प्रयोग गरी सेवा लिन चाहने नागरिकले कम्प्यूटर, मोबाइल फोन, ट्याबलेट वा इन्टरनेशनल मोबाइल इक्युपमेन्ट॒ आइडेन्टिटी (आई.एम.ई.आई) कोड नम्बर अड्डित भई सिम-प्रयोग हुने बिद्युतीय उपकरणबाट सेवा लिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम नागरिक एपको प्रयोग गर्नको लागि सम्बन्धित नागरिकले नागरिक एपमा आफ्नो युजर आइडी बनाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम युजर आइडी बनाउने प्रयोजनको लागि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी वा मतदाता नामावली सम्बन्धी विद्युतीय प्रणालीमा रहेको सम्बन्धित नागरिकको विवरणसँग भिडाई निजको पहिचान यकिन गरिनेछ।

(४) सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक सेवा प्रवाह गर्ने मन्त्रालय, संवैधानिक निकाय वा केन्द्रीय, प्रदेश वा स्थानीय स्तरका कार्यालयले आफ्नो स्रोत र साधनको उपलब्धताको आधारमा आफूले प्रवाह गर्ने सेवालाई नागरिक एपमा आवद्ध गरी उपनियम (२) बमोजिमको युजर आइडीको आधारमा सेवाग्राहीलाई पहुँच दिनु पर्नेछ।

(५) सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक सेवा प्रवाह गर्ने मन्त्रालय, संवैधानिक निकाय वा केन्द्रीय, प्रदेश वा स्थानीय स्तरका कार्यालयले आफ्नो वेबपेजमा नागरिक एपको माध्यमबाट सेवा प्रवाहमा उपनियम (४) बमोजिम पहुँच दिने विधि उल्लेख गर्नु पर्नेछ। (६) उपनियम (४) बमोजिम नागरिक एपमा आवद्ध भएको व्यक्तिले नागरिक एपमा आवद्ध भएका सार्बजनिक निकायबाट प्रवाह हुने सेवाका लागि सो एप मार्फत आवेदन दिन सक्नेछ।

तर प्रचलित कानूनमा सम्बन्धित निकायमा आफैं उपस्थित भई कागजात वा विवरण बुझाउनुपर्ने व्यवस्था भएकोमा त्यस्तो सेवा प्रापिको लागि सेवा प्रवाह गर्ने निकाय समक्ष उपस्थित भई त्यस्तो कागजात वा विवरण बुझाउनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम आवेदन दिँदा सेवाको प्रकृति अनुरुप नागरिक एप मार्फत प्राप्त निर्देशन बमोजिम नागरिक एपमा आवद्ध भएको व्यक्तिले आवश्यक विवरण, परिचय र प्रमाण नागरिक एपमा प्रविष्ट: गर्नु पर्नेछ।

(८) उपनियम (७) बमोजिम नागरिक एप मार्फत प्राप्त विवरण, परिचय तथा प्रमाणको आधिकारिकता यकिन गरी सेवा प्रवाह गर्ने निकायले सेवा प्रवाह गर्नु पर्नेछ।

(९) नागरिक एपमा आवद्ध भएको व्यक्तिले नांगरिक एपको माध्यमबाट लिन चाहेको सेवा बापत प्रचलित कानून बमोजिम कुनै शुल्क, दस्तुर वा अन्य कुनै रकम तिर्नु बा बुझाउनु पर्ने भएमा त्यस्तो रकम सम्बन्धित सेवा प्रवाह गर्ने निकायको नाममा नागरिक एप मार्फत प्राप्त निर्देशन बमोजिमको प्रक्रिया पूरा गरी बुझाउनु पर्नेछ।

(१०) उपनियम (९) बमोजिमको शुल्क बाहेक नागरिक एपमा आवद्ध भएको व्यक्तिले त्यस्तो एप प्रयोग गरे बापत थप शुल्क बुझाउनुपर्ने छैन।

(११) ऐनको दफा . २७४क. तथा यस नियमको प्रयोजनको लागि नेपाल सरकारले तोकेको निकायले नागरिक एपको सञ्चालन तथा व्यवस्थापन गर्नेछ।

(१२) उपनियम (११) बमोजिमको निकायले नागरिक एपको माध्यमबाट सेवा प्रवाहमा पहुँच दिनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ।