नियम ७
नागरिकताको प्रमाणपत्र पेश गर्नु पर्ने
नेपालको नागरिकताको सम्बन्धमा खिचोला उठेमा उखडा सम्बन्धी अधिकारीले बढीमा सात दिनमा नबढ्ने गरी तोकिदिएको म्याद भित्र किसानले नेपालको नागरिकताको प्रमाणपत्र दाखिल गर्नुपर्छ र उक्त
प्रमाणपत्र दाखिल नभएमा किसानका नाममा जग्गा दर्ता हुने छैन ।