नियम ११
नाबालक राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था
:ः (१) नाबालक राष्ट्रिय परिचयपत्र लिन चाहने नाबालकको बाबु, आमा, संरक्षाक वा माथवर व्यक्तिले देहाय बमोजिमका कागजात र बिवरण -संलग्न गरी अनुसूची-५ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समंक्षा निवेदन दिनु पर्नेछ:-

(क) जन्म दर्ता प्रमाणपत्र, र्‌ (ख) बाब्रु वा आमाको राष्ट्रिय परिचय नम्बर वा नागरिकताको प्रमाणपत्र ।

(२) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु र आमा दुवै पत्ता नलागेको वा मृत्यु भएको कारणले बाबु बा आमाको परिचय नम्बर वा नागरिकताको प्रमाणपत्र पेश गर्न नसक्ने व्यक्तिको हकमा नाबालक राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिँदा त्यस्तो व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने कागजात पेश गर्नु पर्नेछ। (३) उपनियम (१) बमोजिम निवेदन परेमा स्थानीय अधिकारीले आवश्यक छानबिन गरी आफ्नो सिफारिस सहित बिभागमा पठाउनु पर्नेछ र बिभागले अनुसूची-६ “बमोजिमको ढाँचामा नाबालक राष्ट्रिय परिचयपत्र जारी गर्नेछ।

(४) नाबालक राष्ट्रिय परिचयपत्र प्रास गर्ने व्यक्तिले जन्म दर्ता गर्दाके बखत परिचय नम्बर -प्राछ गरेकोमा सोही नम्बर उल्लेख गरी र जन्म दर्ता गार्दाका बखत परिचय नम्बर प्राप्त नगरेकोमा नियम ७ को उपनियम (१) बमोजिम त्यस्तो नम्बर प्राप्त गरी विभागले नाबालक राष्ट्रिय परिचयपत्र जारी गर्नेछ।

(५) नाबालक राष्ट्रिय परिचयपत्र जारी गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देहाय बमोजिमका विवरणको अभिलेख राख्नु पर्नेछ:-

(क) नाम, थर,

(ख) जन्म मिति,

(ग) जन्म स्थान,

(घ) लिङ्ग,

(ङ) राष्ट्रियता,

(च) परिचय नम्बर,

(छ) फोटो,

(ज) जैविक बिबरण (दश बर्ष उमेर पूरा नगरेका नाबालकको हकमा विद्युतीय (डिजिटल) तस्वीर मात्र र दश वर्ष उमेर पूरा गरेका नाबालकको हकमा अन्य जैविक विवरण समेत) (न) सम्पर्क फोन नम्बर,

(ट) सम्पर्क इमेल ठेगाना,

(ठ) बाबु, आमाको नाम,

(ड) बाजे, बज्यैको नाम,

(ढ) संरक्षक वा माथवर भएमा निजको नाम,

(ण) जन्म दर्ता नम्बर र दर्ता मिति, र्‌

(त) नाबालक राष्ट्रिय परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी ।

(६) उपनियम (३) बमोजिम दशा वर्ष भन्दा कम उमेरका नाबालकलाई प्रदान गरिएको नाबालक राष्ट्रिय परिचयपत्र पाँच वर्ष अवधिको लागि मान्य हुनेछ र त्यस्तो परिचयपत्र पुन आवश्यक परेमा सोको नवीकरणको लागि सक्कल नाबालक राष्ट्रिय परिचयपत्र सहित स्थानीय अधिकारी समक्षा निबेदन दिनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम निवेदन परेमा स्थानीय अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी व्यहोरा मनासिब देखिएमा नाबालक राष्ट्रिय परिचयपत्र नवीकरण गरिदिन सिफारिस सहित विभागमा पठाउनु पर्नेछ।

(८) _उपनियम (७) बमोजिम नाबालक राष्ट्रिय परिचयपत्र नवीकरणको लागि प्रा भएमा बिभागले फोटो तथा उपनियम (५) को खण्ड (ज) बमोजिमको जैविक विवरण अद्यावधिक गरी नवीकरण गरिएको नाबालक राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनु पर्नेछ।

(९) उपनियम (८) बमोजिम नाबालक राष्ट्रिय परिचयपत्र नवीकरण गर्दा प्रास विवरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी राख्नु पर्नेछ।

(१०) यस नियम बमोजिम नाबालक राष्ट्रिय परिचयपत्र प्राम्त गरेको व्यक्ति सोह्र वर्ष उमेर पूरा भएपछि निजले प्राप्त गरेको नाबालक राष्ट्रिय परिचयपत्र स्वतः रद्द भएको मानिनेछ।

तर परिचय नम्बर रद्द हुने छैन।