नियम २१
नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने
(१) कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार वा निजको प्रतिनिधि वा सोही मतदान केन्द्रका मतदाताले एक सय रुपैयाँ नगदै धरौटी राखी मतदान अधिकृत समक्ष अनुसूची–१४ बमोजिमको निवेदन दिई विरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा मतदान अधिकृतले सो सम्बन्धमा आवश्यक प्रमाण बुझी निर्णय गर्नु पर्नेछ र त्यसरी पर्न आएको विरोधको छोटकरी विवरण र सोको निर्णय
अनुसूची–१५ बमोजिमको निर्णय किताबमा जनाउनु पर्नेछ । (३) उपनियम (२) बमोजिम निर्णय गर्दा विरोध ठीक ठहरेमा मतदान अधिकृतले सो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ । विरोध ठीक नठहरेमा सो धरौटी रकम जफत
हुनेछ ।