दफा १९
नाम दर्ता गराउनु पर्ने
(१) संस्थाको सदस्य हुन चाहने यस ऐन बमोजिम योग्यता पुगेको व्यक्तिले तोकिए बमोजिमको विवरणहरु खोली तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थाको सदस्यता प्राप्त गर्नको लागि नाम दर्ता गर्न तोकिए बमोजिमको शुल्क बुझाउनुपर्नेछ ।
(३) दफा १६ को उपदफा (३) बमोजिम सदस्यता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिले आफनो नाम संस्थाको सदस्यतामा दर्ता गराउन चाहेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनको दफा २९ र ४९ प्रारम्भ गरेको मितिले छ महिनाभित्र संस्थामा दरखास्त दिनु पर्नेछ । सो अवधिभित्र सदस्यताको लागि दर्खास्त नदिने व्यक्तिले यो ऐन बमोजिम सदस्यता पाउने छैन ।