दफा १२
नाम दर्ता गर्ने र विवरण उपलब्ध गराउने कर्तव्य
मतदाता नामावली तयार गर्नको लागि आवश्यक पर्ने विवरण सहित आफ्नो स्थायी बसोबास रहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा आफ्नो नाम तोकिए बमोजिम दर्ता गराउनु यस ऐन बमोजिम मतदाता हुन योग्यता पुगेका प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनेछ ।