दफा १२
नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न नपाउने
(१) यो ऐन बमोजिम नाम दर्ता नगराई कसैले पनि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्नु हुँदैन।
तर प्रचलित कानून बमोजिम नेपाल पशु चिकित्सा परिषद्मा नाम दर्ता भएका पशु चिकित्सकका हकमा यस ऐन बमोजिम नाम दर्ता गराउनु पर्ने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १३ को उपदफा (२) बमोजिम नाम दर्ताको लागि दरखास्त दिने व्यक्तिले उक्त दरखास्तको सम्बन्धमा अन्तिम निर्णय नभएसम्मको लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न बाधा पर्ने छैन ।