दफा १५
नाम हटाउने र पुन
नाम दर्ता गर्नेः (१) देहायका कुनै अवस्थामा प्रदेश कानूनले तोकेको निकायले कुनै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछः-
(क) भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण वा ओसार पसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको,
(ख) पेशा सम्बन्धी तोकिएको आचरण पालन नगरेको भनी परिषद्को दुई तिहाई बहुमतले ठहर गरेमा,
(ग) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको,
(घ) शारीरिक तथा मानसिक अस्वस्थताको कारणले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रूपमा काम गर्न असमर्थ भएको।
(२) उपदफा (१) बमोजिम दर्ता किताबबाट नाम हटाइएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले मनासिव माफिकको कारण देखाई पुनः नाम दर्ता गराउन दरखास्त दिन सक्नेछ। त्यसरी दरखास्त दिएकोमा कारण मनासिब देखिएमा प्रदेश कानूनले तोकेको निकायले त्यस्तो पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता किताबमा पुनः दर्ता गरी प्रमाणपत्र दिनुपर्नेछ ।