नियम
नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने
(१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको नाम, थर, उमेर, पद वा अन्य व्यहोरामा लेखाइ वा छपाइको त्रुटि भएमा सम्बन्धित व्यक्तिले विवरण सच्याउनका लागि सो नामावली प्रकाशन गर्दा तोकिएको समयावधि भित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दरखास्त दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा निर्वाचन अधिकृतले निजको विवरण सच्याउनु पर्नेछ ।