नियम १२
नायब महान्यायाधिवक्ताको काम, कर्तव्य र्‌ अधिकार
यस नियमावलीको अधीनमा रही नायब महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) महान्यायाधिवक्ताको कार्य सम्पादनमा सहयोग गर्ने,

(ख) कुनै संवैधानिक वा कानूनी विषयमा नेपाल सरकार, नेपाल सरकारको कुनै मन्त्रालय, सचिवालय बा संवैधानिक निकायलाई कानूनी राय सल्लाह दिने,

(ग) नेपाल सरकारको हक, हित बा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार बा नेपाल सरकारको अधिकारी बा कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्ने,

(घ) नेपाल सरकारको हक, हित बा सरोकार निहित रहेको मुद्दामा पुनरावेदन, पुनरावलोकन वा मुद्दा दोहोस्याउनको लागि नेपाल सरकार वा नेपाल सरकारको अधिकारी वा कर्मचारीको तर्फबाट निवेदन दिने सम्बन्धी कारबाही गर्ने वा गराउने,

(ङ) अदालतमा विचाराधीन रहेको कुनै गम्भीर वा सार्वजनिक महत्त्वको वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको कुनै मुद्दामा अभियोजना वा बहस पैरवी गर्न तोकिएको सरकारी वकीलको अतिरिक्त अन्य सरकारी वकील खटाई मुद्दाको अभियोजन एवं बहस पैरवी गर्न आवश्यक छ भन्ने लागेमा थप सरकारी बकील खटाउने,

(च) विभागको प्रमुखको रुपमा गर्नु पर्ने कार्य गर्ने ।