नियम ३४
निकासा तथा खर्च सम्बन्धी कार्य फछ्र्यौट

३४. निकासा तथा खर्च सम्बन्धी कार्य फछ्र्यौट

कुनै कार्यालयबाट बजेट सम्बन्धी निकासाको लागि लेखी आएकोमा निकासा दिने कार्यालयले स्वीकृत बजेटभित्र परेको रकम भए लेखी आएको मितिले पा“च दिनभित्र र स्वीकृत बजेटभित्र नपरेको रकमको निकासा दिनु पर्ने भए लेखी आएको मितिले सात दिनभित्र निकासा दिने कार्यको फछ्र्यौट गर्नु पर्नेछ । तर निकासा दिने कामको सिलसिलामा निकासा मागी पठाएको कार्यालय वा अरु कुनै कार्यालयमा आवश्यक सोधपुछ गर्नु पर्ने भएमा तीन दिनभित्र सोधपुछ गरी जवाफ प्राप्त भएको मितिले सात दिनभित्र सो कार्यको फछ्र्यौट गर्नु पर्नेछ ।