दफा १५क
निकासी वा पैठारीमा रोक लगाउन सक्नेः
१५क.१ कसैले मानव, पशुपन्छी, बिरुवा, वातावरण, संस्कृति र जनजीवनमा प्रतिकूल प्रभाव पुच्याउन सक्ने कुनै 'खास जातको बीउ बिजन वा अनुवंश परिवर्तित जीव जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) वा जीवित रूपमा रूपान्तरित जीव (लिभिङ्ग मोडिफाइड अर्गानिज्म) वा वंश नपुंसक बीउ (टर्मिनेटर सीड) को निकासी वा पैठारी गर्नु अघि तोकिए बमोजिम जोखिम विश्लेषण गर्नु पर्नेछ।
१५क.२ उपदफा १५क.१ बमोजिम गरिएको जोखिम विश्लेषणको आधारमा निकासी वा पैठारी गर्न उपयुक्त नदेखिएको बीउ बिजन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निकासी वा पैठारी गर्न रोक लगाउन सक्नेछ।
१५क.३ यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयको अनुमति लिई/दफा १५क.१ मा उल्लिखित प्रकृतिका बीउ बिजनको अध्ययन अनुसन्धान गर्न यस ऐनले बाधा पुच्याएको मानिने छैन।
१५क.४ उपदफा १५क.३ बमोजिम अनुमति माग गर्दा त्यस्तो बीउ बिजनको संक्षिप्त परिचयात्मक विवरण समावेश गर्नु पर्नेछ ।