नियम ३५
निकुञ्जको व्यवस्थापन र विकास निर्माणमा वन पैदावार उपयोग गर्न सकिने

३५. निकुञ्जको व्यवस्थापन र विकास निर्माणमा वन पैदावार उपयोग गर्न सकिने ः

नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिने निकुञ्ज व्यवस्थापन एवं सोको विकास निर्माण कार्यका लागि ढुङ्गा, गिट्टी, बालुवा, सुकेका काठ लगायतका वन पैदावारहरुको आवश्यकता परेमा उपलब्ध गराउन सकिने स्थानबाट संरक्षकको अनुमति लिई लागत अनुमानको आधारमा सङ्कलन, ओसार पसार र प्रयोग गर्न सकिनेछ ।