नियम
निकुञ्जभित्र गर्न निषेध गरिएका कार्यहरु

६. निकुञ्जभित्र गर्न निषेध गरिएका कार्यहरु

संरक्षक वा सो कामको लागि नेपाल सरकारबाट अधिकार प्रापत कर्मचारीको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र देहायका कामहरु गर्न पाउने छैन ः–

(क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रम वा आकार बनाउन वा भोग गर्न,
(ख) कुनै भू–भाग कब्जा गर्न, फाँड्न वा आवाद गर्न,
(ग) घरपालुवा पशु वा पंक्षी चराउन वा तिनीहरुलाई पानी खुवाउन,
(घ) रुख, विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, ओसारपसार गर्न, छेक्न, छाँट्न वा वन पैदावार सुक्ने कुनै
काम गर्न, आगो लगाउन वा अरु कुने किसिमले हानी पुरायाउन,
(ङ) क्याम्प गर्न भनी छुट्याईएको स्थान बाहेक अन्यत्र रात बिताउन वा क्याम्प गर्न,
(च) क्याम्प गर्न छुट्याईएको स्थान वा संरक्षकले तोकिदिएको स्थान बाहेक अन्य स्थानमा आगो बाल्न, वा
(छ) नियम २० बमोजिम तोकिएको बाटो बाहेक अन्य बाटो वा ठाउँबाट हिँडडुल गर्न वा कुनै घरपालुवा पशु लैजान वा हिँडाउन ।