नियम
निकुञ्जभित्र निषिद्ध कार्यहरू

संरक्षकको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र देहायका कार्यहरू गर्न पाउने छैन:-

  • जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरु बनौट बनाउन वा भोग गर्न,
  • कुनै भूभाग कब्जा गर्न, वनस्पति सफा गर्न वा नोक्सानी पुर्‍याउन, आवाद गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,
  • घरपालुवा जीवजन्तु वा पंक्षी चरी चराउन र तिनीहरूलाई खोला वा पोखरीमा पानी खुवाउन,
  • रुख, विरुवा, झाडी वा अन्य कुनै वनस्पति काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा त्यस्तो वनस्पति सुक्ने कुनै काम गर्न वा त्यस्तो वनस्पतिमा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्‍याउन,
  • कुनै स्थानमा रात विताउन वा क्याम्प गर्न वा आगो बाल्न,
  • ढुङ्गा, बालुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ माटो वा अन्य यस्तै पदार्थ हटाउन वा कुनै किसिमले जग्गालाई क्षति पुर्‍याउन,
  • निकुञ्जभित्र बग्ने नदी, खोला वा पानीको कुनै श्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानीकारक वा विस्फोटक पदार्थहरू प्रयोग गर्न,
  • वाहिरी वातावरणमा हुर्केको (एक्जोटिक) विरुवा, जीवजन्तु वा पंक्षी निकुञ्जभित्र ल्याउन वा छाड्न ।