नियम ४
निकुञ्जभित्र प्रवेश
४. निकुञ्जभित्र प्रवेश
(१) निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले अनुसूची–१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ र त्यस्तो दस्तुर बुझाउने व्यक्तिलाई संरक्षक वा
निकुञ्जको कुनै कर्मचारीले अनुसूची–२ बमोजिमको प्रवेशपत्र दिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम २० बमोजिम सुविधा प्राप्त बाटो प्रयोग गर्ने व्यक्तिले सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई निकुञ्जभित्रबाट हिँडेमा कुनै दस्तुर तिर्नु पर्ने छैन ।
(३) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने कुनै व्यक्ति, शिक्षण संस्था वा अन्य कुनै संस्थाको टोली वा सरकारी कर्मचारीलाई संरक्षकले अनुसूची–३ बमोजिमको निशुल्क प्रवेशपत्र दिन सक्नेछ ।