नियम १७
निकुञ्जभित्र सवारी साधन चलाउँदा पालन गर्नु पर्ने कुराहरु

१७. निकुञ्जभित्र सवारी साधन चलाउँदा पालन गर्नु पर्ने कुराहरु ः

निकुञ्जभित्रको राजमार्ग वा राजमार्ग बाहेकको अन्य क्षेत्रमा सवारी साधन चलाउने व्यक्तिले देहायका कुराहरुको अधीनमा रहेर मात्र सवारी साधन चलाउनु पर्नेछ ः–

(क) सवारी साधनमा रहेका सबै सामानहरु प्रवेश चौकीमा जँचाई लैजानु पर्नेछ ।
(ख) राजमार्ग बाहेकको अन्य क्षेत्रमा सवारी साधन चलाउँदा पाँच टनभन्दा बढी वजनको सवारी साधन चलाउन पाइने छैन ।
(ग) अन्य सावरी साधन, पैदल यात्रु वा अन्य वस्तुको आवागमनमा बाधा पर्ने गरी सावरी साधन चलाउन वा अड्याई राख्न हुँदैन ।
(घ) हर्न बनाउन हुँदैन ।
(ङ) राजमार्गको हकमा चालीस किलोमिटर प्रतिघण्टा र राजमार्ग बाहेकको अन्य क्षेत्रमा बीस किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा
सवारी साधन चलाउन हुँदैन ।
(च) राजमार्गका आवश्यकता अनुसार राखिएको तगारो र सवारी साधनको गति कम गराउने बनाइएको गति नियन्त्रकको पालना गर्नु
पर्नेछ ।
(छ) निकुञ्जभित्र राखिएको तगारो भाँच्न, बिगार्न वा कुनै क्षति पु¥याउन हुँदैन ।
(ज) सवारी साधनले कुनै पनि वन्यजन्तुर्ला लखेट्न, ठक्कर दिन, घाइते बनाउन, कुल्चिन वा मार्न हुँदैन ।
(झ) राजमार्ग बाहेकको अन्य क्षेत्रमा सवारी साधन चलाउँदा नियम २० को उपनियम (३) को खण्ड (ग) बमोजिम कुनै बाटो बन्द गरिएको
अवस्थामा त्यस्तो बाटोबाट सवारी सधान चलाउन हुँदैन ।