दफा
निगमको स्थापना
१) नेपाल वायुसेवा निगम नामको एक निगम स्थापित हुनेछ ।
(२) निगम अविच्छिन्न उत्तराधिकारवाला एक संगठित र स्वशासित संस्था हुनेछ । सो संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । सो संस्थाले यस ऐनको अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न राख्न र नामसारी गर्न सक्नेछ । सो संस्थाले आफ्नो नामबाट नालिश उजूर गर्न र यस उपर पनि सोही नामबाट नालिश उजूर लाग्न सक्छ ।
(३) निगमको प्रधान कार्यालय काठमाडौं वा नेपाल सरकारले तोकेको कुनै ठाउँमा रहनेछ र निगमले नेपाल  ………….. भित्र वा बाहिर आफ्ना शाखाहरू स्थापना गर्न सक्नेछ ।