दफा १४
निजी जग्गाको लगत काट्ने
(१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको निजी जग्गा प्राप्त गरी राष्ट्रिय वनभित्र पारी छुट्याइएपछि त्यसरी प्राप्त गरिएको निजी जग्गाको क्षेत्रफल, साँध, किल्ला, मौजा इत्यादि सबै विवरण खोली डिभिजनल वन अधिकृतले स्थानीय माल वा मालपोत कार्यालयमा जनाउ दिनु पर्नेछ र सो बमोजिम मालपोत कार्यालयले पनि सो जग्गाको मालपोत वा करको लगत कट्टा गर्न कारबाही गरी त्यसको सूचना नेपाल सरकार, मालपोत विभागमा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लगत कट्टा हुने जग्गाको धनीले सो जग्गा राष्ट्रिय वनभित्र पारी छुट्याएको मिति देखि सो जग्गाको मालपोत वा अरु कुनै किसिमको कर बुझाउनु पर्ने छैन ।