दफा
निजी लगानीमा परियोजना कार्यान्वयन गर्न सकिने
निजी लगानीमा देहायका कुनै तरिकाबाट परियोजना कार्यान्वयन गर्न सकिनेछ ः–
(क) निर्माण तथा हस्तान्तरण,
(ख) निर्माण, सञ्चालन तथा हस्तान्तरण,
(ग) निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण,
(घ) निर्माण, हस्तान्तरण तथा सञ्चालन,
(ङ) लिज, सञ्चालन तथा हस्तान्तरण,
(च) लिज, निर्माण, सञ्चालन तथा हस्तान्तरण,
(छ) विकास, सञ्चालन तथा हस्तान्तरण,
(ज) अन्य यस्तै तरिकाबाट ।