दफा ३९
निजी वनको प्रमाणपत्र
(१) निजी वन दर्ता गराउन चाहने कुनै व्यक्ति वा संस्थाले निजी वन दर्ता गराई पाउँ भनी डिभिजन वन कार्यालयमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पर्न आएको निवेदनमा आवश्यक लगत खडा गरी डिभिजनल वन अधिकृतले तोकिए बमोजिम प्रमाणपत्र दिनेछ ।
(३) उपदफा (२) बमोजिम प्रमाणपत्र प्राप्त गरेका निजी वन धनीलाई आवश्यक प्राविधिक सहयोग डिभिजन वन कार्यालयले उपलब्ध गराउन सक्नेछ ।