दफा ५
निजी सचिवालय र कर्मचारीको व्यवस्था
(१) आफ्नो कार्यकालभरको निमित्त पदाधिकारी र सदस्यले निजी सचिवालयको लागि अनुसूची–२ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ ।
(२) पदाधिकारीलाई निजको कार्यकालभरको निमित्त आवश्यक फर्निचर र अनुसूची–२ मा उल्लेख भए बमोजिमका अन्य मालसामानहरु उपलब्ध गराइनेछ । त्यसरी उपलब्ध गराइएको फर्निचर र मालसामानहरु निजले आफ्नोकार्यकाल समाप्त भएपछि फिर्ता बुझाउनु पर्नेछ ।
तर कुनै पदाधिकारीलाई फर्निचर उपलब्ध नगराइएमा फर्निचर सम्बन्धी व्यवस्था गर्न दफा ६ को
उपदफा (६) बमोजिमको रकम उपलब्ध गराइनेछ ।
(३) निजी सचिवालयको लागि कार्यालय सञ्चालन र मसलन्द तथा अतिथि सत्कारको निमित्त पदाधिकारी र सदस्यलाई अनुसूची–२ मा उल्लेख भए बमोजिमको रकम उपलब्ध गराइनेछ ।