दफा ३७
निजी साँचोलाई सुरक्षित साथ राख्नु पर्ने
(१) प्रत्येक ग्राहकले आपूmले प्राप्त गरेको प्रमाणपत्रमा सूचीकृत गरिएको सार्वजनिक साँचोसँग सङ्गति राख्ने निजी साँचोलाई सुरक्षित राख्ने होशियारी अपनाउनु पर्नेछ र ग्राहकको डिजिटल हस्ताक्षर सृजना गर्ने अख्तियारी नपाएको कुनै पनि व्यक्तिलाई त्यस्तो साँचो बारे जानकारी हुन दिनबाट रोक्न आवश्यक सबै उपायहरु अवलम्बन गर्नु पर्नेछ ।
(२) ग्राहकको निजी साँचो बारे कुनै कारणबाट कतै जानकारी गराएको भएमा वा सो साँचोमा कुनै काँटछाँट हुन गएमा ग्राहकले सोको सूचना यथाशीघ्र प्रमाणीकरण गर्ने निकायलाई दिनु पर्नेछ र त्यस्तो सूचना प्राप्त हुन आएमा प्रमाणीकरण गर्ने निकायले तुरुन्त सो प्रमाणपत्र निलम्बन गर्नु पर्नेछ ।
(३) यस ऐन बमोजिम प्रमाणपत्र निलम्बन भएमा त्यस्तो निलम्बन अवधिभर यो दफा बमोजिम निजी साँचो सुरक्षित राख्नु ग्राहकको कर्तव्य हुनेछ ।