नियम ३२
निमित्त भई काम गरेको तलब भत्ता पाउने
पन्ध्र दिन भन्दा बढी अवधि विभागीय प्रमुखको पदमा निमित्त भई काम गरेकोमा त्यसरी काम गर्ने कर्मचारीले जुन पदको निमित्त भै काम गरेको हो सोही पदको तलब भत्ता त्यसरी काम गरेको मितिदेखि पाउनेछ ।
तर निमित्त भै काम गर्ने कर्मचारीले पाउने तलव, भत्ता निज कार्यरत एक श्रेणी माथिको तलब, भत्ता भन्दा बढी हुने छैन ।