दफा २६
नियन्त्रकले जाँचबुझ गर्न सक्ने
(१) प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको पालना नभएको भन्ने कुरामा नियन्त्रक विश्वस्त भएमा नियन्त्रक आफैले वा अन्य कुनै अधिकृत कर्मचारीद्वारा तत्सम्बन्धमा आवश्यक जाँचबुझ गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको जाँचबुझमा सहयोग पु¥याउनु प्रमाणीकरण गर्ने निकायको कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम गरिने जाँचबुझको सम्बन्धमा नियन्त्रक वा अन्य कुनै अधिकृत कर्मचारीले अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।