दफा ४७
नियम बनाउने अधिकार
(१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ बमोजिम परिषद् गठन नभएको अवस्थामा संस्थाको सदस्यता दर्ताको प्रमाणपत्र दिने र पार्षद्हरुको निर्वाचन गर्ने प्रयोजनको निमित्त दफा ४२ बमोजिम गठन भएको तदर्थ परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम बनेका नियमहरु नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछन्।
(४) उपदफा (१) बमोजिम परिषद्ले बनाएका नियमहरु लागू भएपछि उपदफा (२) बमोजिम तदर्थ परिषद्ले बनाएका नियमहरु स्वतः निष्कृय हुनेछन्।