दफा ३२
नियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।

३३: निर्देशिका वा कार्यविधि बनाउन सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूको अधीनमा रही मन्त्रालय, प्रदेश र स्थानीय तहले आवश्यक निर्देशिका वा कार्यविधि बनाई लाग्‌ गर्न सक्नेछन्‌। ३४. खारेजी र बचाउ: (१) भूमि सम्बन्धी ऐन, २०२१ को परिच्छेद ९क. खारेज गरिएको छ।

(२) भूमि सम्बन्धी ऐन, २०२१ को परिच्छेद ९क. को व्यवस्था बमोजिम भए गरेका कामहरू यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

प्रमाणीकरण मिति: २०७६।५।६ आज्ञाले, घनराज ज्ञवाली नेपाल सरकारको निमित्त सचिव जि आव