दफा १३२
नियम वा विनियम बनाउन सक्ने
(१) यस ऐनको कार्यान्वयन गर्न राष्ट्र बैंकले आवश्यक देखेका कुनै पनि विषयमा आवश्यकता अनुसार नियम वा विनियम जारी गरी लागू गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम राष्ट्र बैंकले बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।