नियम २६
नियमापत्ति
(१) बैठकसमक्ष तत्काल विचाराधीन रहेको कुनै विषयमा कुनै सदस्यलाई कुनै नियमको व्यवस्था उल्लङ्घन भएको छ भन्ने लागेमा जुन नियम उल्लङ्घन भएको हो सो खुलाई नियमापत्ति उठाउन सक्नेछ । (२) उपनियम (१) बमोजिम नियमापत्ति उठाउने सदस्यले अध्यक्षबाट स्वीकृति सूचक (अभिव्यक्ति वा इशारा) पाएपछि बोलिरहेको सदस्यले बोल्न बन्द गर्नु पर्नेछ । (३) नियमापत्ति उठाउने सदस्यले सोको आधार स्पष्ट गरी नियमापत्ति सम्बन्धी कुरा मात्र बोल्न पाउनेछ र नियमापत्ति उठाइसकेपछि निजले आफ्नो स्थान ग्रहण गर्नु पर्नेछ । (४) बैठकमा उठाइएको नियमापत्तिको निर्णय अध्यक्षले गर्नेछ र सो निर्णय अन्तिम हुनेछ ।