नियम ४३
नियमावलीमा संशोधन
(१) सङ्घीय संसदले यस नियमावलीमा आवश्यक संशोधन गर्न सक्नेछ।
(२) यो नियमावली संशोधन गर्न आवश्यक ठानेमा कुनै सदस्यले सोसम्बन्धी कारण र विवरणसहितको प्रस्तावको सूचना सभामुख वा अध्यक्षलाई दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको _प्रस्ताव पेश गर्न सभामुख वा अध्यक्षले अनुमति दिएमा सो प्रस्ताव प्रस्तुतकर्ता सदस्यले दुवै सदनको सदस्यको प्रतिनिधित्व हुने गरी नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्‌ भनी समितिमा रहने सदस्यहरूको नामसहितको प्रस्ताव स्वीकृतिको लागि प्रस्ताव उत्पत्ति भएको सदनमा पेश गर्नेछ र त्यस्तो प्रस्ताव स्वीकृत भएपछि अर्को सदनको स्वीकृतिको लागि पठाइनेछ।
(४) उपनियम (३) बमोजिम पठाइएको प्रस्ताव अर्को सदनबाट समेत: सो सदनको सदस्यको नामावलीसहित स्वीकृत भएपछि नियमावली संशोधन मस्यौदा समिति गठन भएको मानिनेछ।
(५) उपनियम (३) बमोजिमको समितिमा आवश्यकता अनुसारको : सङ्ख्यामा सदस्य रहनेछन्‌ र समितिको सभापति समितिका सदस्यहरूले आफूमध्येबाट चयन गर्नेछन्‌।
(६) समितिले बैठकमा प्रतिवेदन पेश गरेपछिको अन्य कार्यविधि सभामुखले हेरफेर गरेमा बाहेक विधेयकका सम्बन्धमा अपनाइने कार्यविधि अपनाइनेछ।