दफा ११९
नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
: (१) यस परिच्छेद अनुसार नियुक्त लेखापरीक्षकलाई जुन आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरिएको हो सो आर्थिक वर्षको लेखापरीक्षणकोकाम समाप्त नभएसम्म हटाउन सकिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लेखापरीक्षकले लेखापरीक्षकको आचरण विपरीत काम गरेमा, आफूलाई लेखापरीक्षक नियुक्त गर्ने कम्पनीको हित विपरीत हुने कार्य गरेमा वा प्रचलित कानून विपरीत काम गरेमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स
संस्थालाई पूर्व जानकारी दिई सम्बन्धित कम्पनीको व्यवसाय नियमित गर्ने सम्बन्धमा प्रचलित कानून अनुसार अधिकार प्राप्त नियमनकारी निकाय भए त्यस्तो निकायको स्वीकृति लिई र नभए कार्यालयको स्वीकृति लिई जुन प्रक्रियाबाट लेखापरीक्षक नियुक्त भएको हो सोही प्रक्रियाबाट निजलाई हटाउन सकिनेछ ।
(३) उपदफा (२) अनुसार लेखापरीक्षकलाई हटाउँदा निजलाई आफ्नो सफाई प्रस्तुत गर्ने मनासिब मौका दिनु पर्नेछ ।