दफा ७झ
निरन्तर अनुगमन गर्ने
सूचक सस्थाले देहायको कार्य गरी ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अनगोइङ ड्यू डिलिजेन्स) गर्नु पर्नेछः– (क) ग्राहकका सम्बन्धमा आफूसग प्राप्त जानकारी, निजको व्यवसाय वा जोखिम सम्बन्धी विवरण अनुरुप कारोबार भए वा नभएको सुनिश्चित गर्न निजसग व्यावसायिक सम्बन्ध कायम रहेसम्म सुक्ष्म परीक्षण गर्ने, (ख)   खण्ड (क) बमोजिम सुक्ष्म परीक्षण गर्न आवश्यक भए निजसग सम्पत्तिको स्रोत समेत माग गर्ने वा परीक्षण गर्ने, (ग) उच्चपदस्थ व्यक्ति वा उच्च जोखिमयुक्त लगायतका ग्राहक तथा निजसगको व्यावसायिक सम्बन्ध, कारोबार तथा वास्तविक धनीसग सम्बन्धित कागजात तथा विवरण अद्यावधिक भएको सुनिश्चित गर्न मौजुदा कागजात तथा विवरणको पुनरावलोकन गरी अद्यावधिक गर्ने, (घ) सीमापार करेस्पोण्डिड्ड बैकिङ तथा वायर स्थानान्तरण सम्बन्धी कारोबार तथा ग्राहकका सम्बन्धमा नियमित रुपमा अनुगमन गर्ने, (ङ) नियमनकारी निकायले तोकिदिए बमोजिमको अन्य कार्य गर्ने, र (च) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कार्य गर्ने ।