दफा २४
निरीक्षक नियुक्त गर्ने
(१) मन्त्रालयले आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक वा सो सरहको योग्यता पुगेका नेपाल कृषि सेवा, बाली संरक्षणको क्षेत्रमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारीलाई जीवनाशक विषादीको प्रयोग तथा व्यवस्थापन सम्बन्धी कार्य गर्नका लागि जीवनाशक विषादी निरीक्षकको रूपमा नियुक्त गर्न सक्नेछ।
(२) प्रदेश सरकारले आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक वा सो सरहको योग्यता पुगेका कृषि सेवा, बाली संरक्षणको क्षेत्रमा कार्यरत अधिकृत स्तरको कर्मचारीलाई जीवनाशक विषादीको प्रयोग तथा व्यवस्थापन सम्बन्धी कार्य गर्नको लागि जीवनाशक विषादी निरीक्षकको रूपमा नियुक्त गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम निरीक्षक नियुक्त गरेको जानकारी सम्बन्धित प्रदेशले मन्त्रालयलाई दिनु पर्नेछ।