नियम १५
निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार
ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) उत्पादकलाई सूर्तिजन्य पदार्थको प्याकेट, बट्टा, र्यापर्स र प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र संकेत चिन्ह अनिवार्य रुपमा छाप्न तथा अंकित गर्न लगाई सोको अनुगमन गर्ने,
(ख) सूर्तिजन्य पदार्थ उत्पादन, सञ्चय र बिक्री वितरण हुने स्थानबाट सूर्तिजन्य पदार्थको नमूना लिने,
(ग) ऐन वा यस नियमावली विपरीत सूर्तिजन्य पदार्थको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी भएको पाइएमा त्यस्तो कार्यमा तुरुन्त रोक लगाउने,
(घ) सूर्तिजन्य पदार्थ नमूना परीक्षणको लागि सम्बन्धित निकायमा पठाउने,
(ङ) सार्वजनिक स्थलमा धुम्रपान वा सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई सजायको लागि सम्बन्धित व्यवस्थापकलाई निर्देशन दिने,
(च) ऐन तथा यस नियमावलीले तोकेको मापदण्ड पूरा नभएको सूर्तिजन्य पदार्थ बिक्री बितरण वा निकासी पैठारी भएको पाइएमा त्यस्तो कार्यमा तुरुन्त रोक लगाई सम्बन्धित उत्पादक वा बिक्रेतालाई ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड पूरा गरेका सूर्तिजन्य पदार्थ मात्र बिक्री बितरण वा निकासी पैठारी गर्न निर्देशन दिने,
(छ) निरीक्षणको सिलसिलामा आफ्नो नेतृत्वमा कुनै निकाय वा संस्थाका कर्मचारीलाई संलग्न गराउने,
(ज) निरीक्षणको सिलसिलामा आवश्यकता अनुसार सरकारी कार्यालय, संघ, संस्था वा स्थानीय निकायका कर्मचारी वा पदाधिकारीको सहयोग लिने ।