नियम
निरीक्षकको कर्तव्य र अधिकार

(१) नियम ३ बमोजिम पेश भएको हाजिर विदाको रेकर्ड तलबी प्रतिवेदन र मसलन्दको प्रतिवेदन ठीक बेठीक के छ, बिदा नियम बमोजिम
स्वीकृत गराइ लिए बसेको छ छैन तलब मसलन्द बजेट अङ्क बमोजिम मिलाई माग गरेको छ, छैन इत्यादि सबै राम्ररी जा“ची बुझी ठीक देखिन आएमा निरीक्षकले सो तलबी प्रतिवेदन समेत पास गरिदिनु पर्दछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदनहरू पास गरेपछि तलब मसलन्द निरीक्षकको कार्यालयबाटै दिने गरेको भए तुरुन्त खर्च लेखी दिने र अरू अड्डाबाट खर्च
लेखी दिने गरेको भए सो अड्डालाई खर्च लेखिदिन निरीक्षकले आवश्यक सिफारिस गरी पठाई दिनु पर्दछ ।