दफा १२
निरीक्षण र निर्देशन दिने अधिकार
आफ्नो अधिकारक्षेत्रभित्रको मुद्दाका सम्बन्धमा न्यायाधिकरणले भन्सार अड्डा, अन्तःशुल्क कार्यालय, कर कार्यालय तथा त्यस्तो मुद्दाको शुरु किनारा गर्ने अरू राजस्वसम्बन्धी कार्यालयहरूको निरीक्षण गर्न वा तिनबाट आवश्यक विवरण प्राप्त गर्न वा तिनलाई निर्देशन दिन सक्नेछ ।